सुरक्षा पदाधिकारीले आफूखुशी नेता र राजदूत भेट्न नपाउने, भेट्नै परे पूर्व स्वीकृति लिनु पर्ने


१४ पुष २०७९, बिहीबार
rabi
फाइल फोटो

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ ।

मन्त्रालयले आज (बिहीवार) एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय पूर्व स्वीकृति लिएर मात्र गर्नु /गराउन हुन तथा त्यसको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ ।
मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य पालनाको सिलसिलाबाहेक त्यस्ता विभिन्न भेटघाट गर्ने गरेको बुझिन

आएको हुँदा यो निर्देशन जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस निर्देशन विपरीत कार्य गरे / गराएको पाइएमा प्रचलित कानुन बमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा जनाइएको छ ।

griha qjXths0a7R

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७