टुँडिखेलमा तमु ल्होसार {फोटो फिचर}


१५ पुष २०७९, शुक्रबार
Losar tamu ktm 4 scaled

काठमाडौं । आज (शुक्रबार) पुस १५ गते गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गरेका थिए ।

कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी भएका छन् । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
हेर्नुस् तस्वीरहरु

Losar tamu ktm 1
Losar tamu ktm 4
Losar tamu ktm 5
Losar tamu ktm 6
Losar tamu ktm 7
Losar tamu ktm 8
Losar tamu ktm 9
Losar tamu ktm 10
Losar tamu ktm 11
Losar tamu ktm 12
Losar tamu ktm 13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७