एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो बैठक


१७ पुष २०७९, आईतवार
Samajbadi
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिटब्यूरो बैठक बोलाएको हो ।

उनले बैठक विहान ११ बजे पार्टी कार्यालयमा बस्ने बताए । ‘भोलि पोलिट्ब्यूरो बैठक बस्दैछ । के सुझाव दिन्छ त्यसपछि मात्र यावत विषयमा हाम्रो धारणा बाहिर ल्याउनेछौं’ उनले भने ।

स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेका खतिवडाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७