लुम्बिनी माओवादी संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत


१८ पुष २०७९, सोमबार
Jokh bahadur mahara

दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा रोल्पाको जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।

आज (सोमबार) बिहान दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।

माओवादीमा प्रत्यक्षतर्फबाट निर्वाचित तुलाराम घर्ती, इन्द्रजित थारु चौधरी, कृष्णा केसीले दलको नेतामा दाबी गरेपछि टुंग्याउने सकेको थिएन । स्रोतका अनुसार सबै प्रदेशसभा सदस्यले दाबी नछोडेपछि केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा महरालाई नेता चयन गरिएको हो । महरा रोल्पा १ (१) बाट निर्वाचित हुन् ।

लुम्बिनी प्रदेशसभामा माओवादीबाट प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ४ गरी ९ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादीले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न बाँकी रहेको माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । संसदीय दलको नेतामा निर्वाचित महरा माओवादीको स्थायी कमिटि सदस्य एवं प्रचण्डको सचिवालमा बसेर लामो समय काम गरेका नेता हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७