धनुषामा खेतमा महिलाको शव फेला


२० पुष २०७९, बुधबार
death body 20230104135303

धनुषा । भारतसँग सीमा जोडिएको धनुषामा जनकनन्दनी गाउँपालिकामा वेवारिसे अवस्थामा एक महिलाको शव भेटिएको छ । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका–१ मा स्थानीय मनोज यादवको खेतमा एक भारतीय महिलाको शव फेला परेको हो ।

बेबारिसे अवस्थामा फेला परेको महिलाको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

मृतक महिलाको झोलामा सानो चिटमा भारतीय नम्बर फेला परेको र सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको प्रवक्ता क्षेत्रीले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७