राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


२० पुष २०७९, बुधबार
kp oli bidhya
फाइल् फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न आज (बुधबार) महाराजगञ्जस्थित शीतल निवास पुगेका हुन् । उनीहरूबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको थियो ।

एमाले अध्यक्ष ओलीले करिब दुई घण्टा राष्ट्रपति भण्डारीसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको स्रोतले बताएको छ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको छ । राष्ट्रपतिको निर्वाचनको तयारी भइरहेका बेला सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अध्यक्ष ओलीले मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवाचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेका थिए । मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका ओली फर्किएपछि बालकोटामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । मंगलबार नै ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेको स्रोतले बतायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७