वाम एकताका लागि एकीकृत समाजवादीले बनायो कार्यदल, संयोजकमा भुसाल


२१ पुष २०७९, बिहीबार
beduram bhusal
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वाम एकताको पहलका लागि कार्यदल गठन गरेको छ । महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यदलमा नेताहरू प्रकाश ज्वाला, विजय पौडेल र गंगालाल तुलाधर सदस्य रहेका छन् । यो कार्यदललाई वाम एकताका विषयमा बृहत् छलफल गर्ने र एकतासम्मको प्रक्रिया टुंग्याउने अख्तियारी पाएको छ । खतिवडाले भने, ‘अब कार्यदलले सबै वामपन्थीहरूसँग छलफल र परामर्श गर्छ । व्यक्ति र संस्था सबैलाई जोड्ने प्रयत्न रहन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७