दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता


२३ पुष २०७९, शनिबार
tuin humla
सांकेतिक तस्विर

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएको स्थानीयले जानकारी दिए ।

तुइनबाट खसेर बालक बेपत्ता भएको खबर आएको र यसबारे थप बुझ्ने प्रयास गरिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए । स्थानीयका अनुसार नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन् ।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेका थिए । व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण शनिबार मात्रै घटना बाहिरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७