प्रचण्ड, माधव र उपेन्द्रबीच भेटवार्ता, पार्टी एकता मुख्य एजेण्डा


२४ पुष २०७९, आईतवार
prachanda madhav upendra

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्ड, नेपाल र यादवबीच चलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादवले भेटघाट गर्न गएका हुन् । नेपाल र यादव नेतृत्वको पार्टीबाट विश्वासको मत लिनुका साथै सरकारमा सहभागी गराउन प्रचण्ड लागि परेका छन् । यस्तै तीन वटै दलले वाम शक्तिहरु बीचको एकताका लागि कार्यदल समेत बनाएका छन् ।

यदि एकता हुन नसकेमा मोर्चा बनाएर अगाडि बढ्ने तयारी समेत छ । माओवादी केन्द्रले शनिबार मात्रै वृहत् वाम एकताका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । सोही अनुसार डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आज राजनीतिक समितको बैठकमार्फत एकताको अन्तिम तयारी रहेको बताएको छ । त्यसअघि प्रचण्ड, नेपाल र यादव छलफलमा जुटेका हुन् । एकीकृत समाजवादीले प्रचण्ड सरकारलाई समर्थन पनि गरेको छैन । सरकारलाई समर्थन जुटाएर सरकारमा समेत सहभागी गराउने प्रयास प्रचण्डले गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७