सिद्धार्थ बैंकको लाभांश घोषणा


२८ पुष २०७९, बिहीबार
AGM Photo

काठमाडौं । सिद्धार्थ बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १७.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक स्रोतका अनुसार बैंकले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

बैंकले निरन्तर उल्लेख्य प्रगति गरी सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गर्दै आएको छ । बैंकको आर्थिक आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासमा वर्तमान अर्थतन्त्र समस्याका कारण साँवा तथा ब्याज रकम असुलीमा कठिनाई भोगेको बैंकले जनाएको छ । जसले गर्दा बैंकको नाफामा केहि संकुचन आएको र कर्जाहरुबाट बैंकले उल्लेख्य रुपमा बक्यौता रकम असुली गरी सकेको हुँदा दोस्रो त्रैमासमा बैंकको समग्र वित्तीय अवस्थामा सुधार आउने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल देशभर १९३ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर, ११८ शाखारहित बैंकिङ्ग, २१५ एटिएम, १ हजार ७०० भन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्ट मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७