यती एयरलाइन्सको आज देशभरको उडान स्थगित


२ माघ २०७९, सोमबार
yati2

काठमाडौं । हिजो आइतबार) पोखरामा भएको दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज (सोमबार) का लागि तय भएका सबै उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार उडेको यति एयरको विमान आइतबार पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७