पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै


३ माघ २०७९, मंगलवार
Paul

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
तनहुँ जिल्ला अदालतमा आज शाहको मुद्दाको पेशी तोकिएको हो ।

पेशी न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा तोकिएको छ । नाबालिका बलात्कार आरोपमा शाहलाई नवलपुर जिल्ला अदालतले यसअघि साढे दुई वर्षको कैद सजाय सुनाइसकेको छ । पलविरुद्व तनहुँ र नवलपुरमा छुट्टाछुट्टै जाहेरी परेको थियो ।

गत फागुन ११ गते शाहविरुघ जबरजस्ति करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन् । सुरुमा जबरजस्ती करणीको आरोप लगाएपनि पीडित नाबालिक र जाहेरवाला उनका बुवाले नै अदालतमा बयान फेर्दै बलात्कार नभएको बताएपछि मुद्दा कमजोर बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७