सरकारले पूर्णता पाएपछि सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक


४ माघ २०७९, बुधबार
prachanda full Cabinate

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक शुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । जसमा १२ मन्त्री र ३ राज्यमन्त्री थप गरेका थिए । खानेपानी, युवा खेलकुद र वन मन्त्रालयमा अझैसम्म मन्त्रीहरु गइसकेका छैनन् ।

खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको जनमत पार्टीले जिम्मेवारी लिइसकेको छैन । जनमतका अब्दुल खान शपथ लिएर मंगलबार कार्यभार सम्हाल्न गएनन् । अर्कातिर युवा तथा खेलकुद र वन खाली राखेको सत्ता गठबन्धनले जनता समाजवादी र नागरिक उन्मुक्ति आउने अपेक्षा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७