कांग्रेसलाई गृहमन्त्री लामिछानेको जवाफ : गृह मन्त्रालय विधि र पद्धति बाहिर जाँदैन

‘देवराज घिमिरेको गौरवमय राजनीतिक इतिहास कायम छ’


५ माघ २०७९, बिहीबार
Rabi lamichhane 3 scaled
फाइल फोटो

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको दावी गरेका छन् । आज (बिहीबार) सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानलेले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी गरे ।

सदनका सदस्यलाई घिमिरेलाई समर्थन गर्न आग्रह गर्दै लामिछानेले भने, ‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक–फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नु हुन्छ भन्ने आशा राख्दछु ।’

त्यस्तै मतदानमार्फत नागरिकले आफूहरूलाई देशको भविष्य सुम्पिएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो सबैको हातमा मतदानमार्फत यो देशको भविष्य सुम्पिएका छन् । हामीलाई विश्वास गरेका छन् । कुनै दलको स्वार्थमा होइन आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ भन्ने आशा छ । विगतमा आमसरोकारका विषयमा विगतमा चुके पनि अब भने लाभहानीको हिसाब गरिने छैन भन्ने लाग्छ ।’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७