नयाँ क्लव अल नासरबाट रोनाल्डोको डेब्यू खेल


९ माघ २०७९, सोमबार
ronaldo

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् । साउदी प्रो लिगमा इतिफाकलाई १–० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् ।

३७ वर्षीय पोर्चुगिज खेलाडी गत महिना साउदी क्लबसँग आबद्ध भएका थिए । २०२५ सम्मको करारमा रोनाल्डोले प्रतिवर्ष १७.७ करोड पाउण्ड पारिश्रमिक पाउने बताइएको छ ।

खेलमा रोनाल्डोले गोल भने गर्न सकेनन् । ब्राजिलियन मिडफिल्डर टालिस्काले खेलमा निर्णायक गोल गरेका थिए । अल नासर लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र एक अंकले अघि रहेको छ । रोनाल्डोले बिहीबार पीएसजीसँगको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७