देशभर बढ्दै तापक्रम, काठमाडौंमा न्यूनतम ८ डिग्रीमा उक्लियो

आज सामान्यतया मौसम सफा रहने


१२ माघ २०७९, बिहीबार
climate ktm5

काठमाडौँ । नेपालमा पश्चिमी निम्न चापीय प्रणाली कमजोर बनेसँगै पश्चिमी क्षेत्रको मौसम सफा हुन थालेको मौसमविदले जनाएका छन् ।

हिजोअस्ती वर्षा र हिमपात भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् । उनका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने छैन ।

पर्सी शनिबारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । यसैबीच देशभरकै तापक्रम बढ्न थालेको छ । वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ती चिसो बढे पनि अब बिस्तारै तापक्रम बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार पुस महिनामा परेको वर्षाले जाडो बढाउँछ भने माघ महिनाको वर्षापछि बिस्तारै गर्मी बढ्दै जान्छ । यसपालिको हिउँदमा खासै पानी पर्न सकेको छैन । यसले गर्दा सुक्खापन बढेको छ भने कृषि बालीमा नोक्सानी पुगेको छ । यसले दीर्घकालीन असर पर्ने देखिन्छ ।

बिहानको काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियससम्म पुग्न थालिसकेको छ । काठमाडौँसँगै अन्य ठाउँको तापक्रम पनि बढिरहेको मौसमविद्ले बताएका छन् । तापक्रम बढ्न थालेसँगै चिसो कम हुन थालेको छ ।

tt Bf8TLQmKkl

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७