नयाँ राष्ट्रपतिबारे माओवादीको जोड : साझा व्यक्ति, सबै दलहरुबीच सहमति


१२ माघ २०७९, बिहीबार
mao 1

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको प्रयत्न जारी राख्ने निष्कर्ष निकालेको छ । आज (बिहीबारको स्थायी कमिटी बैठकपछि सचिव देवेन्द्र पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले छलफलबाट सहमति जुटाउनु पर्ने बताए ।

‘कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन सक्दैन । एमालेसँग पनि छलफल भएको हो । छलफल गरेर नै अघि बढ्छौं । हाम्रो प्रयत्न जारी रहन्छ’, उनले भने ।

नेता पौडेलले कांग्रेस–एमालेसहित राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन सके प्रभावकारी हुने पनि बताए । उनले संविधानले परिकल्पना गरे बमोजिम राष्ट्रपति छान्न सके सम्भावित भोलि हुने दुर्घटना नियन्त्रण गर्न तथा अहिलेको संसदलाई पाँच वर्षसम्म लैजान सहज हुने बताए ।

‘जसरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा सबैले समर्थन गर्नुभयो, त्यसैगरी राष्ट्रपतिमा पनि सबैको सहमति जुटाएर अघि बढ्नु पर्छ भन्ने हाम्रो जोड छ । संविधानको व्यवस्था बमोजिम त्यस प्रकारको व्यक्तित्व हामीले छान्यौं भने त्यसले सम्भावित भोलि हुने दुर्घटना नियन्त्रण गर्नका निम्ति, संविधानको संरक्षण गर्नका निम्ति सहमति कायम गर्नका निम्ति र अहिलेको संसद्लाई पाँच वर्षसम्म सकुशल लैजानको निम्ति सजिलो हुन्छ भनेर हामीले राष्ट्रिय सहमतिमा राष्ट्रिय सहमति गरौं भन्नेमा जोड दिएका छौं’, पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७