माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


१३ माघ २०७९, शुक्रबार
mao 1

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

हिजो (बिहीबार) पनि पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा राष्ट्रपतिको निर्वाचन, समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल भएको थियो ।

आज बस्ने बैठक पनि सोही विषयमा केन्द्रीत हुने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७