संसद प्रतिपक्षको हो : सभामुख घिमिरे


१९ माघ २०७९, बिहीबार
devraj 1

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद पूर्णतः प्रतिपक्षीको हुने बताएका छन् । संसदीय प्रक्रिया र अभ्यासबारे प्रतिनिधिसभा सदस्यहरूका लागि आ (बिहीबार) आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूले संविधान, कानुन र विधिभित्र रहेर संसद् सञ्चालन गर्न प्रयास गर्ने बताए ।

‘मेरो विचारमा संसद् पूर्णतः प्रतिपक्षीको हो । प्रतिपक्षीहरूलाई सरकारका राम्रा नराम्रा कामका विषयमा प्रभावकारी ढंगबाट अभिव्यक्ति गर्ने र जनताको अगाडि भूमिका देखाउने कार्यका लागि संसद् सर्वोत्तम निकाय हो,’ उनले भने, ‘तर यसका लागि संसद्भन्दा सरकारको काम बढी हुन्छ । सरकारले जिम्मेवार भएर प्रस्तुत हुने र जवाफ दिने भएको अवस्थामा मात्रै हाम्रो संसदीय प्रक्रिया पूर्ण हुन्छ ।’ उनले यस कार्यकालको असल संसदीय अभ्यासले संसद्को गरिमालाई थप बढाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७