ट्रकमा कार ठोक्किँदा रुपन्देहीमा एकको मृत्यु, दुई जना घाइते


२३ माघ २०७९, सोमबार
accident 2

रुपन्देही । रुपन्देहीमा गए राति रोकिराखेको ट्रकमा कार ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा तनहुँको भिमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ का ३९ वर्षीय वासु घिमिरे र त्यही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाइते हुनुभएको छ । घाइतेको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेको लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको कार अञ्चलपुरको सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका तिवारी बसका सहचालक रहेका प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७