गोल्डेन एथलेटिक्समा सन्तोषीले जितिन् स्वर्ण


२३ माघ २०७९, सोमबार
Santosi Shrestha

काठमाडौं । गोल्डेन एथलेटिक्स मिट अन्तर्गत ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार नेपाल पुलिस क्लबकी राममाया बुढालाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०७.९ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितिन् ।

रजत जितेकी बुढाले १८ मिनेट ४४.३ सेकेन्डमा दौड पूरा गरिन् । सन्तोषीले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् । पुलिस क्लबकी रेखा विष्टले १८ मिनेट ४५७ सेकेण्डको समय निकाल्दै कास्य पदक जितिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७