स्लोभाकिया पठाउँछु भनेर ठगेको आरोपमा महिला पक्राउ


२५ माघ २०७९, बुधबार
mahila c55eIshqjd

काठमाडौँ । रोजागारीका लागि स्लोभाकिया पठाई दिन्छु भनेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएर काठमाडौंको सुकेधारा बस्ने मधुमाया थापा छिन् ।

३९ वर्षीया मधुमायाले स्लोभाकिया पठाउँछु भनेर ८ लाख ५० हजार ठगेको आरोप छ । पीडित लक्ष्मण शाही समेतलाई स्लोभाकियामा कृषि र फुड प्याकिङ कम्पनीमा काम लगाइदिन्छु भनेर रकम लिएर उनि सम्पर्कबिहीन भएकी थिइन् ।
आरोपीलाई पक्राउ गरेर बैदेशिक रोजगार विभागमा बुझाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७