माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच कोटेश्वरमा भेटवार्ता


२ फाल्गुन २०७९, मंगलवार
Madhav nepal qwatra Xro0BecwTQ

काठमाडौँ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा निजी निवास कोटेश्वर पुगेका थिए ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
हिजो बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७