‘पावर सेयरिङ’ मा भूमिका पाउनु पर्छ, सधैं अरुका लागि बलिदान गर्न सकिंदैन : नेपाल

राष्ट्रपतिमा आधिकारिक प्रस्ताव आएको छैन, के गर्ने पनि सोचेको छैन’


९ फाल्गुन २०७९, मंगलवार
madhav nepal
फाइल फोटो

दाङ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबारे आफूले अझै केही नसोचेको बताएका छन् । दाङको भालुबाङमा आज (मंगलबार) आयोजित पत्रकारसँगको छलफलमा बोल्दै उनले राष्ट्रपति बन्न आफूलाई आधिकारिक प्रस्ताव नआएको जानकारी गराएका छन् ।

अहिले बजारमा हल्लाहरु धेरै चलेको बताउँदै अध्यक्ष नेपालले यस सन्दर्भमा कुनै टुंगोमा नपुगेको बताएका छन् । उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै हो । मैले नै के गर्ने भन्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’
यो पटक ‘पावर सेयरिङ’ मा आफ्नो भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सधैं अरूका लागि बलिदान हुने स्थिति नहुने बताए । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेको प्रश्नमा उनले कतिपय कुराहरुलाई पर्दाभित्रै रहन दिनु उपयुक्त हुने बताएका छन् ।

चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएको उनले बताए । खनाल निर्वाचनमा पराजित भएपछि राष्ट्रपति को बन्ने भन्ने विषयमा समस्या भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७