राष्ट्रपतिबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


१० फाल्गुन २०७९, बुधबार
Samajbadi
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय आज (बुधबार) बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बैठक बस्ने महासचिव वेदुराम भुसालले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेेछन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवारको प्रस्ताव गरेका छन् । तर, एकीकृत समाजवादीले यसबारे कुनै ठोस निर्णय गरेको छैन । नेपालले राष्ट्रपतिका लागि बृहत छलफलको आवश्यकता रहेको बताउँदै आएका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दलका शीर्षनेताहरू आन्तरिक छलफलमा जुटेका छन् । शनिबार राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ । निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७