एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग चिनियाँ राजदूतको भेटवार्ता


१० फाल्गुन २०७९, बुधबार
china 3

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष नेपाल र राजदूत चेन सङको बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल र राजदूत सङबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष नेपालले चिनियाँ राजदूत सङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका दिए । सङले राजदूतको रूपमा नेपाल आउन पाउँदा खुशी लागेको भन्दै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७