राष्ट्रपतिबारे देउवासँग छलफल गर्न धुम्बाराही पुगे माधव नेपाल


१० फाल्गुन २०७९, बुधबार
deuwa madhav
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपति निर्वाचनबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेपाल धुम्बाराही पुगेका हुन् ।

अध्यक्ष नेपाल धुम्बाराही पुग्नुअघि नै एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, नेता घनश्याम भुसाल धुम्बाराही कांग्रेस नेतासँगको छलफलमा थिए । चिनियाँ राजदूत चेन सङसँगको भेटवार्ता लगतै अधयक्ष नेपाल पनि छलफलका लागि धुम्बाराही पुगेका हुन् । एकीकृत समाजवादीका नेताहरुभन्दा पहिला जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका थिए ।

कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा छलफलमा सहभागी छन् । आजै अध्यक्ष नेपाललाई भेट्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेका थिए । नेकपा समाजवादीका अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भाव राष्ट्रपतिको उम्मेदवारमा सिफारिस गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७