यस्ता छन् मन्त्रिपरिषद बैठकका नौं निर्णय (सूचीसहित)

अमेरिकी सहायता र ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली


१६ फाल्गुन २०७९, मंगलवार
rekha sharma Dmo8F9jrSo

काठमाडौं । मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर ४०० केभी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले देशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी सहायता र ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको हो ।
प्रधानमन्त्री जाने भनिएको कतार भ्रमणमा नारायणकाजी श्रेष्ठ जाने
उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ कतार भ्रमणमा जाने भएका छन् । अतिकम विकसित मुलुकहरूको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी कतारको दोहा जान लागेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठको फागुन १९ देखि २३ गतेसम्म हुने भ्रमण स्वीकृत गरेको छ । उक्त सम्मेलनमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने तयारी थियो । तर फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि भन्दै उनको भ्रमण स्थगित भएको थियो ।

त्यस्तै थाइल्यान्डको बैंककमा फागुन २४ र २५ गते हुने भर्चुअल बिम्स्टेक बैठकमा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन हुने भएको छ । एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने मध्यकालीन समीक्षा कार्यक्रममा सहभागी हुन अर्थ मन्त्रालयका सचिव तोयम रायालाई स्वीकृति प्रदान गरेको छ । बैठकले विभिन्न नौ वटा निर्णय पनि गरेको छ ।
निर्णयका बुँदा

ca
ca 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७