वीरगञ्जको माइराम क्षेत्रमा चल्यो डोजर, स्थानीयको विरोध


१७ फाल्गुन २०७९, बुधबार
Dojar birganje
फाइल फोटो

पर्सा । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ । महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको हो । माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन थालेपछि स्थानीयवासीले विरोध गरेका छन् । पहिलेको माइराम पोखरी रहेको जग्गामध्ये १८ कठ्ठा क्षेत्रफलमा चार वर्ष अगाडि महानगरपालिकाले बाल उद्यान निर्माण समेत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७