भरतपुर कालिका चोकमा युवती मृत फेला, सँगै बसेका दुई युवक र एक युवती पक्राउ


१८ फाल्गुन २०७९, बिहीबार
death woman
सांकेतिक तस्वीर

चितवन । चितवमा एक युवती मृत भेटिएकी छिन् । भरतपुर महानगरपालिका–१० कालिका चोकमा आसामकी १९ वर्षीया सुनिता देवी मृत फेला परेकी हुन् । उनी र अरु दुईजना साथिहरु भरतपुरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

बुधबार राति भने उनीहरुको फ्ल्याटमा मृतक सुनिता र उनकी अर्की एक साथीसहित अन्य दुई जना युवाहरु समेत बसेको खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरुबीच झैझगडा हुँदा सुनिताले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने बताइएको छ । उनका साथीहरुले पासो काटेको अवस्थामा शव फेला परेको थियो ।

मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्तकको शव पोष्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृत्तकको आफन्तलाई बोलाउने काम भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७