पल शाहलाई सफाइ दिने फैसलाविरुद्ध अदालत अगाडि प्रदर्शन


१९ फाल्गुन २०७९, शुक्रबार
high court Pokhara 1024x624 1

पोखरा । अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्व प्रदर्शन भएको छ । फैसलाकोविरुद्वमा उच्च अदालत पोखरा अगाडि महिलाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले न्यायालयलाई गल्ती गर्ने अधिकार छैन, पित्तृसत्ताको पहरेदार बनेको न्यायालय होशियार लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उच्च अदालतले सफाइ दिएपछि पल रिहा भइसकेका छन् । तर उच्च अदालत पोखराका कायमुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७