युनाइटेडको पोस्टमा लिभरपुरको गोल वर्षा, शालाहको कीर्तिमान


२२ फाल्गुन २०७९, सोमबार
128859542 gettyimages 1471470351 VwLbN3RY8E

काठमाडौं । लिभरपुलले चीरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ७–० गोलको अन्तरसहित शानदार जीत हासिल गरेको हो ।

लिभरपुलको जीतमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद शालाहले दुई–दुई गोल गरे भने एक गोल रोबर्टो फर्मिन्होले गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने लिभरपुलले युनाइटेडमाथि गोल वर्षा गरेको थियो ।

नुनेजले ४७ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने ६६ औं मिनेटमा शालाहले अर्को गोल थपे । त्यसपछि दुई खेलाडीले पालोपालो एक–एक गोल गरे । खेलको अन्त्यतिर फर्मिन्होले अर्को गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । युनाइटेडमाथि लिभरपुलको यो सबैभन्दा ठूलो जीत हो ।

खेलमा दुई गोल गरेका शालाह प्रिमियर लिगमा लिभरपुलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले रोबी फ्लावरको १२८ गोलको कीर्तिमान भंग गरेका हुन् । जीतसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ । लिभरपुलको २५ खेलबाट ४२ अंक छ । युनाइटेड ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७