राष्ट्रपतिका दुवै उम्मेदवारले गरे मतदान


२५ फाल्गुन २०७९, बिहीबार
subash ramchandra matadan

काठमाडौं । राष्ट्रपतिका दुवै उम्मेदवारले मतदान गरेका छन् । आठदलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्बाङले मतदान गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान जारी छ । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।

मतदानमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता सहभागी हुँदैछन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७