बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाएका छौँ : कप्तान पौडेल


२८ फाल्गुन २०७९, आईतवार
rohit poudel oIeLCUs7DD
फाइल फोटो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आउँदो दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् ।

भ्रमणकारी टोली युएईविरुद्ध आइतबार १७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतपछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन् ।

उनले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद् नतिजा निकै महत्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए । टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितले बताए । एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने बताए ।

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिले सम्मको यात्रा सुखद् भएकोमा खुशी व्यक्त गरे । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिकालाई खेलाडीलाई राम्रोसँग निभ्याएको बताए । खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएकोमा खुशी समेत व्यक्त गरे ।

लिग–२ अन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ । यसै अन्तर्गत नेपालले सोमवार अर्को टोली पपुवान्युगिनी (पिएनजी) सँग खेल्ने छ। नेपालले अब दुई खेलमा सुखद् नतिजा निकाले विश्वकप छनोट खेल्ने मौका बनाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७