शेयर बजार आज पनि राताम्मे, एक अर्ब १६ करोडको कारोबार


२९ फाल्गुन २०७९, सोमबार
share market गिरावट

काठमाडौँ । शेयर बजार लगातार दोस्रो दिन आज (सोमबार) पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ६८ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर आज ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि निकै घटेको छ । दुई सय ५६ वटा कम्पनीको ३३ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १६ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर साढे सात प्रतिशत तथा आदर्श लघुवित्त, हिमालयन बैंक र नदिप लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि शुभम् पावर कम्पनीको शेयर भने आज १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७