‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै


३० फाल्गुन २०७९, मंगलवार
futsal and football
फाइल फोटो

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) तीन खेलहरु हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा आज दोस्रो जितको खोजीमा हुनेछ भने नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा हुनेछ ।
यस्तै, दशरथ रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ भने फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ ।

रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता मछिन्द्र पहिलो जितको खोजीमा रहेको छ । पुलिस पनि पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७