रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा


१ चैत्र २०७९, बुधबार
Cristiano Ronaldo celebrate Al Nassr Al Wehda 2023

काठमाडौं । क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १–० को अग्रता दिलाए । २१ औं मिनेटमा अब्दुल्लाह अल्खाईवारीले अर्को गोल गरेपछि अल नासर पहिलो हाफमा नै २–० को अन्तरले अग्रता लियो ।

पहिलो हाफको ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर जिततर्फ अग्रसर बन्यो तर ६९औं मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि गोल हुन नसके पनि अल नासरले ३–१ को जीत हासिल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न पुग्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७