बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?


२ चैत्र २०७९, बिहीबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो बुधवार स्थिर रहेको सुनको भाउ आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको भाउ तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी पाँच रुपैयाँले बढेर एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७