चोया काढ्दै बृद्ध


८ चैत्र २०७९, बुधबार
Choya Bhojpur

गाउँघरमा खरले घर छाउनका लागि प्रयोग हुने बाँसको चोया काढ्दै बृद्ध । यस्तो चोयालाई घर छाउँदा प्रयोग गरिन्छ । घर छाउन मात्र होइन चोयाबाट घरेलु प्रयोजनमा आवश्यक ढोको, ढालो, नाङ्लो, थुन्चे, भकारीलगायत धेरै प्रकारका सामग्री बन्ने गरेका छन् । अब खेतीपातीको समय शुरु भएको छ । यो समयमा बाँसको चोयाबाट निर्मित कृषि प्रयोजनका सामान बढी आवश्यक पर्ने गर्छ । तर पछिल्लो समय चोयाबाट घरेलु प्रयोगका सामान बनाउन जान्ने सीप भएका मानिसहरुको संख्या घट्दै गएको छ । तस्वीर : युवराज विष्ट / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७