चार डीआइजी एआइजीमा बढुवा सिफारिस


१३ चैत्र २०७९, सोमबार
Igp 2

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । आज (सोमबार) बसेको बढुवा समितिको बैठकले चार जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो। एआइजीमा पहिलो नम्बरमा भण्डारी रहेका छन् । आइजीपी कुँवरले आइतबार दर्ज्यानी चिन्ह लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७