आयरल्याण्डलाई हराउँदै फ्रान्सको लगातार दोस्रो जित


१४ चैत्र २०७९, मंगलवार
france 2

पेरिस । बेन्जामिन पाभार्डको उत्कृष्ट गोल मद्दतले फ्रान्सले युरो २०२४ छनोटमा सोमबार आयरल्याण्डलाई १–० ले हराएको छ । फ्रान्सको यो लगातार दोस्रो जित हो । डबलिनमा भएको समूह ‘बी’ को खेलमा पाभार्डले ५० औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

नथान एकेले दुई गोल गरेपछि यसै समूहको अर्को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ३–० ले हरायो । मेम्फिस डेपेले डच टिमका लागि अर्को गोल गरे । नेदरल्याण्ड्सको पूर्ण नियन्त्रण भएको खेलमा जिब्राल्टर १० खेलाडीमा सीमित रहेको थियो ।

अन्य खेलमा सर्बियाले मोन्टेनेग्रोलाई २–०, हंगेरीले बुल्गेरियालाई ३–०, स्विडेनले अजरबैजानलाई ५–०, अस्ट्रियाले इस्टोनियालाई २–१ र पोल्याण्डले अल्बानियालाई १–० ले पराजित गर्‍यो । मोल्डोभा र चेक गणतन्त्रले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७