प्रधानमन्त्री कप फुटबलको फाइनल पुग्न आज नेपाल र भुटान खेल्दै


१४ चैत्र २०७९, मंगलवार
Nepali football team

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज (मंगलबार) नेपाल र भुटान खेल्दै छन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।

समूह चरणको यो अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ ।

आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्ने छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यस्तै शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । लाओसले २ खेलमा ३ अङ्क तथा नेपालले एक खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गरेको प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७