अभिनेता शिव श्रेष्ठले ‘पोडकास्ट’ चलाउने


१४ चैत्र २०७९, मंगलवार
shiva shrestha

काठमाडौं । अभिनेता शिव श्रेष्ठले ‘शिव दाइ’ नामक ‘पोडकास्ट’ सञ्चालन गर्ने भएका छन् । नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका अभिनेता श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तिहरुसँग अन्तरङ्ग कुराकानी गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेका हुन् ।

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत–३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो । उनले प्रोमोमा भावुक हुँदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिनँ । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकुँ ।’

उनले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्ने तयारी भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७