बालुवाटारमा प्रधानमन्त्री र एकीकृत समाजवादीका शीर्ष नेताको भेटवार्ता


१४ चैत्र २०७९, मंगलवार
prachanda madhav baluwatar
फाइल् फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष माधवकुमार नेपालसहित नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू भेटवार्ता बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका हुन् ।

केहीबेर अघिदेखि जारी भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको हो । आजै मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक पनि बस्दै छ । त्यसअघि प्रधानमन्त्री र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७