बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ


१४ चैत्र २०७९, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र रु १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो । अदालतको उक्त फैसलापछि श्रेष्ठ फरार थिए ।

श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जको टोलीले ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७