प्रहरीका तीन डीआईजीको सरुवा, को कहाँ पुगे ?


१४ चैत्र २०७९, मंगलवार
police

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।
गृहम न्त्रीस्तरीय निर्णयले अपराध अनुसन्धान बिभागमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुख रहेकी डीआईजी दुर्गा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख रहेकी डीआईजी किरण राणाको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ ।

गृह मन्त्रालयले (हिजो) सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहरालाई खटाइसकेको छ ।

केहि दिनमै प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुन लागेका बास्तोला र बोहरालाई बढुवापश्चात हाल खटाइएको कार्यालयमै पदस्थापन गर्ने गरी काजमा खटाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७