सरकारको साझा न्यूनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप पाउँछ : लेखक


१५ चैत्र २०७९, बुधबार
Ramesh Lekhak
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भोलि (बिहीबार) सम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबार (भोलि) सम्ममा अन्तिम रुप प्राप्त गर्ने जानकारी दिएका हुन् । उनले कार्यक्रमको मस्यौदा सत्तारुढ गठबन्धनका नेताहरुसमक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए ।

‘न्युनतम कार्यक्रम बनिराखेको छ । साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ । हामीले ड्राफ्ट गरिसकेका छौं । त्यो ड्राफ्ट प्रस्तुत भएको छ सरकारसँग जोडिएका दलहरुका नेताहरुका बीचमा । आज पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नु पर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो भने गर्ने । भोलिसम्ममा साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ ।’ उनले नयाँ मन्त्रीहरुको शपथ पनि चाँडै हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७