उपनिर्वाचन : चितवन–२ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने


१६ चैत्र २०७९, बिहीबार
Jit narayan shrestha jMb6P7DJ5N

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले चितवन–२ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन् । उनी चितवनका जिल्ला अध्यक्ष हुन् ।

श्रेष्ठलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र त्यहाँबाट आफू निर्वाचित हुने समेत श्रेष्ठले बताएका छन् । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनको तर्फबाट आफू साझा उम्मेदवार हुने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७