ट्रकमा चट्याङ लाग्दा सिरहामा चालकको मृत्यु


१८ चैत्र २०७९, शनिबार
chatyang

सिरहा । सिरहामा रोकिराखेको ट्रकमा चट्याङ लाग्दा चालकको ज्यान गएको छ । मिर्चैया नगरपालिका–१ मा अवस्थित सौर्य सिमेन्ट उद्योगमा सिमेन्ट लोड गरिरहेका बेला ना ५ ख ३७२१ नम्बर ट्रकमा चट्याङ लाग्दा रौतहट चन्द्रपुर–८ का ४३ वर्षिय नेत्रप्रसाद गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्रकका चालक हुन् ।

सिमेन्टलाई हावापानीबाट जोगाउन ट्रकमा तिरपाल बाँधिरहेका बेला शुक्रबार साँझ हावाहुरीसँगै परेको चट्याङ लाग्दा गौतमको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका गौतमको सिरहाको कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७