६ किमी सडक कालोपत्र


१९ चैत्र २०७९, आईतवार
Kalopatre
सांकेतिक तस्विर

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ ।

यस्तै तुलसीपुर–६ प्रगतिनगर टोलको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ भने तुलसीपुर–५ को भुह्यार थानबाट पूर्वतर्फ गएको सडक एक सय ९० मिटर सडक कालोपत्र भएको छ । त्यस्तै तुलसीपुर–८ अस्वाराबाट हरियाली उद्यान जाने एक सय ५० मिटर सडक कालोपत्र भएको छ ।

गाउँ–गाउँमा यस्तै थुप्रै सडक कालोपत्र भएका छन् । चालु वर्षमा ४५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यअनुसार रु पाँच करोड बजेट छुट्याएको तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवनकुमार योगीले बताए । विकास प्राधिकरणमार्फत ती सडक कालोपत्र गरिएको हो । ‘सबै वडामा कालोपत्र सडक पुर्‍याउनका लागि विकास प्राधिकरणमार्फत काम भइरहेको छ’, उनले भने, ‘सडक कालोपत्रको काम धमाधम भइरहेको छ ।’

चालु वर्षको हालसम्म छ किलोमिटर सडक कालोपत्र भइसकेको छ । विभिन्न २६ सडक कालोपत्रको काम भइरहेको उनले बताए । सडक सञ्जाल नै विकासको एउटा आधार भएकाले यसको विस्तारका लागि उपमहानगरपालिका सक्रिय भएर लागेको उपप्रमुख स्यानी चौधरीले बताइन् । उनका अनुसार सडक गुण्स्तरीयतामा पनि उत्तिकै ध्यान दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७